भेरी अस्पतालमा अक्सिजन प्लान्ट र पाइपको काम अघि बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

भेरी अस्पतालमा अक्सिजन प्लान्ट र पाइपको काम अघि बढ्दै

रविन्द्र घिमिरे,
बाँके । भेरी अस्पताल नेपालगञ्जमा अक्सिजन प्लान्ट र पाईप लाईनको विस्तारको काम अघि बढेको छ । त्यसका लागि लिक्विड अक्सिजन ट्याङ्क ठड्याईएको छ । सरकारले भेरी अस्पताल नेपालगञ्जलाई अक्सिजन प्लान्ट , अक्सिजन ट्याङ्क र अक्सिजन पाईप लाईन विस्तारका लागि १५ करोड रुपैँया विनियोजन गरेपछि अक्सिजन प्लान्ट र पाईप लाईनको विस्तारको काम अघि बढेको हो ।

निर्माण गर्न लागिएको लिक्विड अक्सिजन स्टोरेज ट्याङ्क हो यसमा २० हजार लिटर लिक्विड अक्सिजन जम्मा गर्न सकिन्छ । अनि त्यसलाई ग्यास बनाएर सेन्टर पाईप लाईनबाट वेडवेडमा सप्लाई गरिन्छ ।

अक्सिजन ट्याङ्क जडान भईसकेको तर त्यसमा अक्सिजन रिजर्भ गर्नको लागि लिक्विड पदार्थ आउँछ जुन चाँही भारतबाट सप्लाई हुन्छ त्यो अझेैपनि अस्पतालले पाईनसकेकोे कुरा भेरी अस्पतालका सूचना अधिकारी डा सङकेत रिसालले बताएका छन् । लिक्विड आईसकेपछि त्यसको मुख्य भूमिका भनेको त्यसले सातदिन सम्म प्रत्येक विरामीलाई अक्सिजन पु¥याउन सकिने रिसालले बताए ।

यता, नेपालगञ्ज उपमहानगरले भने कोरोना महामारीको शुरुआत देखिनै अक्सिजन नपाएर कोहीपनि मर्न नपरोस भन्ने प्रयास भईरहेको जनाएको छ । उप महानगरपालिकाको क्षमता भन्दा माथि अहिलेको कोरोना संक्रमण देखिएको उपमहानगरको भनाई छ । कोरोना महामारीसँग जुध्न कठिन भईरहेको र यो नियन्त्रणका लागि प्रदेश सरकार र केन्द्रीय सरकारले संवेदनशील भएर सोच्न जरुरी भएको उपमहानगरकी उपमेयर उमा थापाले बताईन् ।

नेपालगञ्ज उप महानगरपालिकाले ३ महिना पहिला नै अक्सिजन ट्याङ्क जडान गर्नपर्ने कुरा उठाउँदा सम्बोधन भएको भए बाँकेको स्थिति हालको जस्तो नाजुक नहुने उनको भनाई छ ।

अक्सिजन नपुगेर विरामीहरु नमरेको बताईएता पनि बाँकेका भेरी अस्पताल लगाएत विभिन्न अस्पतालहरुमा अक्सिजनका साथै वेड नपाएर कोरोना विरामीहरुको मृत्यु भईरहेको स्वयम् नेपालगञ्ज उपमहानगरपालिकाले समेत स्वीकारेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);