जाजरकोट अस्पतालले सुरू गर्यो अक्सिजन पलान्ट खरिद प्रक्रिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

जाजरकोट अस्पतालले सुरू गर्यो अक्सिजन पलान्ट खरिद प्रक्रिया

जाजरकोट । अघिल्लो वर्ष अक्सिजन पलान्ट खरिद प्रक्रियामा सफल नभएपछि स्वास्थ्य सेवा कार्यालय जाजरकोटले फेरि प्रक्रिया थालेको छ ।

अघिल्लो वर्ष तीन पटकसम्म म्याद थप्दा पनि खरिद हुन नसकेको अक्सिजन पलान्ट यो आर्थिक वर्षको सुरुमै बोलपत्र आह्वान गरेर कामको थालनी भएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताइन् ।

५० शैय्याको स्वास्थ्य सेवा कार्यालयमा बिरामीको चाप बढे पनि आवश्यक उपकरण नहुँदा उपचारमा समस्या हुँदै आएको थियो । ७५ लाख रुपैयाँमा पलान्ट खरिदका लागि प्रक्रिया अघि बढेको छ । पाँच दिनभित्र इच्छुक कम्पनीले पलान्ट खरिदका लागि प्रस्ताव पेस गर्न समय दिइएको छ ।

अक्सिजन नहुँदा नेपालगञ्जबाट अक्सिजन सिलिण्डर भरेर ल्याएर जाजरकोटमा उपचार भइरहेको छ ।

कर्णाली प्रदेशको पहाडी जिल्लामा ५० शैय्याको अस्पताल जाजरकोटमा मात्र रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);