पछिल्लो २४ घण्टामा एक हजार ७४३ संक्रमणमुक्त, २० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पछिल्लो २४ घण्टामा एक हजार ७४३ संक्रमणमुक्त, २० को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ८ सय ९७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १५ हजार ९ सय ७९ परीक्षणमध्ये एक हजार ८ सय ९७ मा संक्रमण पुष्टि भएको हो । जसमध्ये ११ हजार ६सय ९ पीसीआर परीक्षणमध्ये एक हजार ४ सय ८८ र चार हजार ३ सय ७० एन्टीजेन परीक्षणमध्ये चार सय ९ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २० संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ८ सय ५८ को संक्रमणका कारण मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने एक हजार ७ सय ४३ रहेको छ । हालसम्म नेपालमा सात लाख २८ हजार ९ सय २८ जना संक्रमणमुक्त भईसकेका छन् ।

हाल नेपालमा सक्रिय संक्रमित संख्या ३० हजार ९ सय ७३ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);