पछिल्लो २४ घण्टामा १८ सय ४५ संक्रमणमुक्त, १४ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पछिल्लो २४ घण्टामा १८ सय ४५ संक्रमणमुक्त, १४ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २ सय ७१ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ११ हजार ९ सय ४४ परीक्षणमध्ये एक हजार २ सय ७१ मा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ८ हजार ८ सय ९८ पीसीआर परीक्षणमध्ये एक हजार ५८ र ३ हजार ४६ एन्टीजेन परीक्षणमध्ये २ सय १३ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १४ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ९ सय ३ को संक्रमणका कारण मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने १ हजार ८ सय ४५ रहेको छ । हालसम्म नेपालमा ७ लाख ३५ हजार ६ जना संक्रमणमुक्त भईसकेका छन् ।

हाल नेपालमा सक्रिय संक्रमित संख्या २८ हजार ६ सय ७८ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);