पछिल्लो २४ घण्टामा १५ सय ३४ संक्रमणमुक्त, एक हजार ८९ संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पछिल्लो २४ घण्टामा १५ सय ३४ संक्रमणमुक्त, एक हजार ८९ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८९ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका ७ हजार ९ सय ७१ परीक्षणमध्ये १ हजार ८९ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार १ सय ७० पीसीआर परीक्षणमा ९ सय ७३ र २ हजार ८ सय १ एन्टिजेन परीक्षणमध्ये १ सय १३ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ८ सय ३८ ले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने १ हजार ५ सय ३४ रहेको छ । नेपालमा संक्रमण निको हुनेको दर ९४.५ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार हालसम्म ७ लाख २७ हजार १ सय ८५ संक्रमणमुक्त भईसकेका छन् ।

हाल नेपालमा ३१ हजार २ सय ४८ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);