पछिल्लो २४ घण्टामा १६ सय ६० संक्रमणमुक्त, २१ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पछिल्लो २४ घण्टामा १६ सय ६० संक्रमणमुक्त, २१ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ४६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १० हजार ९ सय १६ परीक्षणमध्ये १ हजार १ सय ४६ मा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ८ हजार ५ सय ४९ पीसीआर परीक्षणमध्ये ९ सय ६१ र २ हजार ३ सय ६७ एन्टीजेन परीक्षणमध्ये १ सय ८५ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २१ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ९ सय २४ को संक्रमणका कारण मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने १ हजार ६ सय ६० रहेको छ । हालसम्म नेपालमा ७ लाख ३६ हजार ६ सय ६६ जना संक्रमणमुक्त भईसकेका छन् ।

हाल नेपालमा सक्रिय संक्रमित संख्या २७ हजार ९ सय ५८ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);