पछिल्लो २४ घण्टामा २ हजार ७२ संक्रमणमुक्त, २१ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा २ हजार ७२ संक्रमणमुक्त, २१ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ६ सय ७७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १५ हजार ३४ परीक्षणमध्ये एक हजार ६ सय ७७ मा संक्रमण पुष्टि भएको हो । जसमध्ये ११ हजार १ सय ११ पीसीआर परीक्षणमध्ये एक हजार ४ सय २३ र ३ हजार ९ सय २३ एन्टीजेन परीक्षणमध्ये २ सय ५४ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २१ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ८ सय ७९ को संक्रमणका कारण मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने २ हजार ७२ रहेको छ । हालसम्म नेपालमा सात लाख ३१ हजार जना संक्रमणमुक्त भईसकेका छन् ।

हाल नेपालमा सक्रिय संक्रमित संख्या ३० हजार ३ सय ३ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);