मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीको सेवासुविधामा रोक्न उच्च अदालतको आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीको सेवासुविधामा रोक्न उच्च अदालतको आदेश

जनकपुरधाम । उच्च अदालत जनकपुरले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्तीविना कार्यविधि बनाएर गरिएको भन्दै उनीहरूलाई काम गर्न तथा सेवा सुविधामा रोक लगाएको छ । उच्च अदालत जनकपुरका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासबाट सो आदेश भएको हो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनअनुसार पदाधिकारीहरूको नियुक्ती नगरिएको भन्दै उच्च अदालत जनकपुरले काम, तलब तथा सुविधामा रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको हो । प्रदेश २ सरकारले प्रदेशभित्र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको थियो ।

सो प्रतिष्ठानमा प्रदेश सरकारले उपकुलपतिमा डा. रामकेवल साह, शिक्षाध्यक्षमा डा. अंकुर साह र रजिष्ट्रारमा डा. विनोदकुमार यादवलाई नियुक्त गरेको थियो । तीनै जनाको नियुक्ती नियमसंगत नरहेको भन्दै देवानन्द झाले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई विपक्षी बनाई उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराएका थिए ।

सो मुद्दामा न्यायाधीश चन्दको एकल इजलासले सुनुवाइ गर्दै प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेका नियुक्तीहरू कानूनसम्मत नरहेको भन्दै तत्काल कामकाज, तलब सुविधामा रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको हो ।

अदालतको आदेशमा भनिएको छ, ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन ४४ अनुसार विनियम र कार्यविधि नबनाई गरिएका नियुक्तीहरु कानूनसम्मत भएको देखिँदैन ।’ अदालतले तत्काल विनियम र कार्यविधि नबनुञ्जेल नियुक्तीहरू कार्यान्वयन नगर्नु, कामकाज, तलब सुविधा उपलब्ध नगराउनु भनी अन्तरिम आदेश दिएको छ ।

बिरामीभन्दा चिकित्सक बढी

प्रतिष्ठान गठन भएपछि मधेशको स्वास्थ्य क्षेत्रमा निकै सुधार आउने दाबी गरिएपनि अहिले त्यो कार्यकर्ताहरुको भर्तीको केन्द्र बनेको छ । ३ असारमा मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवल किशोर साहले संयुक्तरुपमा उद्घाटन गरेको कोभिड विशेष अस्पतालमा अहिलेसम्म २५ जनामात्रै बिरामी उपचारको लागि आएका छन् । जबकी ती अस्पतालमा २२ जना मेडिकल अधिकृत, ३० जना स्टाफ नर्स, आठजना हेल्थ असिस्टेन्ट, दुईजना मेडिकल ल्याब, दुईजना रेडियोग्राफी, दुईजना एडमिस्ट्रेट, १० जना कार्यालय सहयोगी तथा सुईपर लगायत ८५ जनाको दरबन्दी छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालन भइरहेको ती अस्पतालमा बिरामीको अभाव देखाएर त्यसमा काम गर्ने चिकित्सक, नर्स लगायतले हाजिरी गरेर अन्तै आफूले सञ्चालन गरेको क्लिनिक वा निजी अस्पतालमा काम गर्ने गरेका छन् । कोभिड विशेष अस्पतालका प्रमुख डा. जामुन सिंहले अहिले कोभिडको अवस्था सामान्य छ, बिरामीहरु आइरहेका छैन, बिरामी नै नआएपछि चिकित्सक र कर्मचारी के गर्ने बताए । कर्मचारी नियुक्तीदेखि रहेको कार्यमा आफन्तहरूलाई राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);