पछिल्लो २४ घण्टामा २२ सय ६० संक्रमणमुक्त, २४ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा २२ सय ६० संक्रमणमुक्त, २४ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ८८ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १० हजार २ सय ९७ परीक्षणमध्ये एक हजार ३ सय ८८ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार २ सय ५९ पीसीआर परीक्षणमा १ हजार २ सय १४ र ३ हजार ३८ एन्टिजेन परीक्षणमध्ये १ सय ७४ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ७ सय १४ ले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने २ हजार २ सय ६० रहेको छ । नेपालमा संक्रमण निको हुनेको दर ९३.९ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार हालसम्म ७ लाख १२ हजार ७ सय १२ संक्रमणमुक्त भईसकेका छन् ।

हाल नेपालमा ३५ हजार ७ सय ९६ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);