पछिल्लो २४ घण्टामा दुई हजार २२२ संक्रमणमुक्त, २७ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

पछिल्लो २४ घण्टामा दुई हजार २२२ संक्रमणमुक्त, २७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ८ सय ५७ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १३ हजार १ सय ७६ परीक्षणमध्ये एक हजार ८ सय ५७ मा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ९ हजार ४ सय ९ पीसीआर परीक्षणमा एक हजार ५ सय १६ र ३ हजार ७ सय ६७ एन्टिजेन परीक्षणमध्ये ३ सय ४१ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ६ सय ९० ले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने २ हजार २ सय २२ रहेको छ । नेपालमा संक्रमण निको हुनेको दर ९३.७ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार हालसम्म ७ लाख १० हजार ४ सय ५२ संक्रमणमुक्त भईसकेका छन् ।

हाल नेपालमा ३६ हजार ८ सय ६६ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);