सुनसरीमा १ सय २० सहित प्रदेश १ मा चार सय ८३ मा कोरोना संक्रमण, ७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सुनसरीमा १ सय २० सहित प्रदेश १ मा चार सय ८३ मा कोरोना संक्रमण, ७ जनाको मृत्यु

बिनोद आचार्य,
सुनसरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय ८३ जनामा कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार ७ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार १०३ जनाको एन्टिजेन परीक्षण गर्दा २११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

पीसीआर परीक्षणका आधारमा सुनसरीमा १ सय २०, मोरङमा ७५, झापामा ४०, पाँचथरमा २१, इलाम र उदयपुरमा ४–४, संखुवासभामा २, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

सुनसरीको इटहरीमा ९३, धरानमा १९, बराहक्षेत्रमा ३, रामधुनीमा २, दुहवी, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ । मोरङको विराटनगरमा ३८, बेलबारीमा १८, केराबारी र सुन्दरहरैचामा ५–५, लेटाङमा ३, कानेपोखरी र पथरीशनिश्चरेमा २–२, बुढीगंगा र कटहरीमा १–१ जनामा पनि संक्रमण देखिएको छ । झापाको दमक र भद्रपुरमा ९–९, गौरादहमा ७, मेचीनगरमा ४, हल्दिबारी र विर्तामोडमा ३–३, शिवसताक्षी र कमल गाउँपालिकामा २–२, बुद्धशान्तिमा १, पाँचथरको फिदिममा २० र हिलिहाङमा १ जनामा संक्रमण देखिएको छ ।

यस्तै, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र देउमाईमा १–१, उदयपुरको चौदण्डीगढीमा ३, बेलकामा १, संखुवासभाको चैनपुर र खाँदबारीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय ९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ सय ४३ महिला र २ सय ५४ पुरुष छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);