सुनसरीका ५३ सहित प्रदेश १ मा चार सय ८४ मा कोरोना संक्रमण, ६ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनसरीका ५३ सहित प्रदेश १ मा चार सय ८४ मा कोरोना संक्रमण, ६ को मृत्यु

बिनोद आचार्य,
सुनसरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९७ र ९ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङमा १ सय २३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथरमा २, खोटाङ, उदयपुर र सङ्खुवासभामा १–१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ६३, लेटाङमा ३०, बेलबारीमा १६, उर्लाबारीमा ५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ३-३, कानेपोखरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, झापाको बिर्तामोडमा २८, शिवसताक्षी र दमकमा १४-१४ दमकमा १३, मेचीनगरमा ११, अर्जुनधारामा ८, भद्रपुरमा ७, कनकाईमा ६, कमल गाउँपालिकामा ३, बुद्धशान्ति र बाह्रदशीमा २-२, गौरादह, हाल्दिबारी र झापा गाउँपालिकामा १-१, सुनसरीको धरानमा ३४, इटहरीमा १२, रामधुनीमा ३, इनरुवामा २, बराहक्षेत्र र दुहवीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ८, महालक्ष्मीमा १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २-२, सूर्योदय र मांसेबुङमा १-१, पाँचथरको फिदिम र फालेलुङमा १-१, खोटाङको खोटेहाङ, उदयपुरको चौदण्डीगढी र सङ्खुवासभामा १-१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ सय २६ महिला र २ सय ६५ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना संक्रमणमुक्तबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);