नेपालमा कोरोना: संक्रमितको संख्या एक सय १० पुग्यो, प्रदेश नं १ मा सबै भन्दा बढी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपालमा कोरोना: संक्रमितको संख्या एक सय १० पुग्यो, प्रदेश नं १ मा सबै भन्दा बढी

corona

काठमाडौं, २८ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या एक सय १० पुगेको छ ।

शनिबार थप ८ जनामा कोरोना भाइरस पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय १० पुगेको हो । संक्रमितको संख्या एक सय १० पुग्दा प्रदेश नम्बर १ मा ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी प्रदेश नम्बर २ मा ३१ र प्रदेश नम्बर ५ मा ३० जनामा संक्रमण देखिएको छ ।

बागमती प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ का बढी प्रभावित जिल्लाहरुमा नमुना संकलन कार्य सरकारले तिव्र पारेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४१ वटा परीक्षण भएका छन् ।

अहिलेसम्म पिसिआर विधिबाट १६ हजार ३ सय ९ र आरडिटी विधिबाट ५५ हजार ९ सय ३० जनाको गरि कुल ७२ हजार २ सय ३९ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले देशभरी विभिन्न अस्पतालमा आइसोलेसनमा १ सय ४३ जना उपचाररत रहेका छन् । उपत्यकामा २ र बाहिर १ सय ४१ जना संकास्पद विरामी उपचाररत रहेको प्रवक्ता देवकोटाले जानकारी दिनु भयो । देशका विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ जना रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);