पछिल्लो २४ घण्टामा २२ सय ७४ संक्रमणमुक्त, १७ सय ५६ संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पछिल्लो २४ घण्टामा २२ सय ७४ संक्रमणमुक्त, १७ सय ५६ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५६ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १४ हजार ३ सय ३४ परीक्षणमध्ये १ हजार ७ सय ५६ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ७ सय ७३ पीसीआर परीक्षणमा १ हजार ३ सय ५७ र ४ हजार ५ सय ६१ एन्टिजेन परीक्षणमध्ये ३ सय ९९ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ८ सय ९ ले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने २ हजार २ सय ७४ रहेको छ । नेपालमा संक्रमण निको हुनेको दर ९४.३ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार हालसम्म ७ लाख २३ हजार ४ सय ५६ संक्रमणमुक्त भईसकेका छन् ।

हाल नेपालमा ३३ हजार ६ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);