पछिल्लो २४ घण्टामा १८ सय ८ संक्रमणमुक्त, १६ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा १८ सय ८ संक्रमणमुक्त, १६ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १६ हजार २ सय ३३ परीक्षणमध्ये २ हजार २ सय ९५ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ८ सय ९२ पीसीआर परीक्षणमा १ हजार ९ सय २ र ४ हजार ३ सय ४१ एन्टिजेन परीक्षणमध्ये ३ सय ९३ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ७ सय ३० ले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने १ हजार ८ सय ८ रहेको छ । नेपालमा संक्रमण निको हुनेको दर ९३.९ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार हालसम्म ७ लाख १४ हजार ५ सय २० संक्रमणमुक्त भईसकेका छन् ।

हाल नेपालमा ३५ हजार ८ सय ७४ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);