माघमा कोभिशिल्डको पहिलो डोज लगाएकाले बल्ल पाउने भए दोस्रो डोज | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

माघमा कोभिशिल्डको पहिलो डोज लगाएकाले बल्ल पाउने भए दोस्रो डोज

corona vaccine test

ताप्लेजुङ। गत माघमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरूले बल्ल खोपको दोस्रो डोज पाउने भएका छन् ।

ताप्लेजुङमा कोभिशिल्डको पहिलो डोज लगाएका १२ हजार ३२ जनालाई १६ भदौबाट दोस्रोे डोज दिइने भएको हो ।

जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले फुङलिङ नगरपालिका तथा पाथीभरा याङवरक, आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकामा भदौ १६, १७ र १८ गते दोस्रो डोज लगाउने निर्णय गरेको छ ।

यसैगरी, फक्ताङलुङ, सिदिङवा, सिरिजंगा, मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा १८, १९ र २० गते खोप लगाइने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

कोभिशिल्डको अभियान सकिएपछि भेरासेल लगाइने छ । भेरोसेलको पहिलो डोज लगाएकाहरूले पनि भदौमै खोप पाउने भएका हुन् ।

फुङलिङ नगरपालिका तथा पाथीभरा याङवरक, आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकामा भदौ १९ र २० मा भेरोसेलको दोस्रो डोज लगाइने भएको हो । फक्ताङलुङ, सिदिङवा, सिरिजंगा, मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा भदौ २१ र २२ खोप लगाइने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);