खोचलेकमा बिहानै स्कारपिओ दुर्घटना, चालक घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

खोचलेकमा बिहानै स्कारपिओ दुर्घटना, चालक घाइते

बैतडी । बैतडीको खोचलेकमा स्कारपिओ दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

दार्चुलाको गोकुलेश्वरबाट महेन्द्रनगर जाँदै गरेको बा १२ च ४२४० नम्बरको स्कारपिओ सोमबार बिहान साढे सात बजे बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेकमा दुर्घटना भएको हो ।
र्दुघटनामा चालक हरिश बोहरा घाइते भएका छन् । उनको खोचलेकस्थित क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

महेन्द्रनगरबाट बुकिङमा आएको स्कारपिओ महेन्द्रनगर फर्किने क्रममा दुर्घटना भएको हो । स्कारपिओमा सवार अर्का यात्रु दानसिंह भाट सकुशल छन्

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);