बैतडीमा जीप दुर्घटना हुँदा दुई जना घाइते  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बैतडीमा जीप दुर्घटना हुँदा दुई जना घाइते 

बैतडी। बैतडीको पज्यूनयाँमा साेमबार जीप दुर्घटना भएको छ। से १ ज १०८७ नम्बरको जीप दुर्घटना हुँदा दुई जना जना घाइते भएका छन् । घाइते हुनेमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडीधनी हरिदत्त जोशी र चालक २५ वर्षीय भुवन विष्ट रहेको प्रहरीले जनाएको छ। गाडीमा अन्य यात्रु थिएनन् । जीप दिउँसो ३ बजेतिर दुर्घटना भएको हो।

घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको गोकुलेश्वर प्रहरी चौकीका हवल्दार सन्जय धामीले बताए । जीप पज्युनयाँ बजारबाट गोकुलेश्वरतर्फ गइरहेको उनले बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);