काठमाडौंको मच्छेगाउँमा एक युवकको शव फेला | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८३, सोमबार

काठमाडौंको मच्छेगाउँमा एक युवकको शव फेला

काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँमा शव फेला परेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका ४० वर्षीय रामकाजी थामी मृत फेला परेका हुन् ।

मच्छेगाउँको टखेल नयाँबस्तीस्थित डेराको भुईंमा लडेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।चार तले पक्की घरको भुइँमा रक्ताम्मे अवस्थामा थामीको शव फेला परेको थियो । उनको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

Leave a Reply

ताजा समाचार