कोभिशिल्डको दोश्रो डोज लगाउन नपाएकाहरुलाई साउन २५ गतेबाट अष्ट्राजेनेका दिइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कोभिशिल्डको दोश्रो डोज लगाउन नपाएकाहरुलाई साउन २५ गतेबाट अष्ट्राजेनेका दिइने

काठमाडौं । कोरोनाविरुद्धको खोप कोभिशिल्डको पहिलो खोप लगाएर दोश्रो डोज नपाएकाहरुलाई सरकारले साउन २५ गते खोप लगाउने भएको छ ।

कोभिशिल्डको पहिलो डोज लगाएकाहरुलाई सरकारले यही साउन २५ गतेबाट दोश्रो डोजका लागि अष्ट्राजेनेका खोप दिन लागेको हो । शुक्रबार भुटानबाट आएको साढे दुई लाख अष्ट्रजेनेका खोप आएसँगै यस्तो तयारी गरिएको हो । साथै शुनिबार र आइतबार जापानबाट पनि अष्ट्राजेनेका खोप आउने परिवार कल्याण महाशाखाले जनाएको छ ।

हाल भेरोसेलको दोश्रो डोज लगाउन अभियान चलेको हुँदा २५ गतेबाट अष्ट्रजेनेकालाई दोश्रो डोज स्वरुप दिन लागिएको महाशाखाका प्रमुख डा. तारा पोखरेलले बताए । गएको फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका झन्डै साढे १३ लाख ज्येष्ठ नागरिकले दोश्रो डोज पाएका छैनन् ।

डा पोखरेलका अनुसार भुटानबाट आएको खोप बाग्मती प्रदेश र गण्डकी प्रदेशमा वितरण गरिने र जापानबाट आएको खोप अन्य प्रदेशबाट लगाउन सुरु गरिने समेत बताए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);