जापानले कोभ्याक्स परियोजना अन्तर्गत उपलब्ध गराएको अष्ट्राजेनेका नेपाल आइपुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जापानले कोभ्याक्स परियोजना अन्तर्गत उपलब्ध गराएको अष्ट्राजेनेका नेपाल आइपुग्यो

काठमाडौं । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको अष्ट्रजेनेका खोपको पहिलो खेप नेपाल आईपुगेको छ ।

जापान सरकारले उपलब्ध गराएको ३ लाख भन्दा बढी खोप शनिबार बिहान त्रिभुवन विमानस्थल आईपुगेको हो । कतार एयरवेजको विमानमार्फत खोप नेपाल आइपुगेको हो ।

जापान सरकारले कोभ्याक्समार्फत उपलब्ध गराउने भनिएको १६लाख अष्ट्रजेनेका खोप मध्ये आज पहिलो खेपमा ३ लाखभन्दा बढी डोज आएको बताइएको छ । शनिबार र आइतबार गरी ८ लाख डोज खोप नेपाल आइपुग्ने बताइएको छ ।

यसअघि शुक्रबार भुटानले पठाएको २ लाख ३० हजार डोज अष्ट्राजेनेका खोप नेपाल आईपुगेको थियो ।

सरकारले कोभिशिल्डको दोश्रो डोज लगाउन बाँकीहरुलाई यही साउन २५ गतेबाट दोश्रो डोज स्वरुप अष्ट्राजेनेका दिने तयारी गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);