जापानले कोभ्याक्समार्फत उपलब्ध गराएको एस्ट्राजेनेकाको १६ लाख डोज नेपाल आइपुग्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जापानले कोभ्याक्समार्फत उपलब्ध गराएको एस्ट्राजेनेकाको १६ लाख डोज नेपाल आइपुग्याे

काठमाडौं । जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको एस्ट्राजेनेका सबै (१६ लाख डोज ) खोप नेपाल आइपुगेको छ ।

जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधा मार्फत उपलब्ध गराएको हो ।

परराष्ट्र मन्त्रालयले आज एक ट्वीटमार्फत सबै खोप आएको जानकारी दिएको छ ।

खोपमध्ये आज ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको हो । १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते २ लाख ८ हजार ७ सय डोज र गत साउनमा ९ लाख डोज खोप नेपाल आइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);