३ लाख ४८ हजार डोज कोभ्याक्स काठमाडौं आइपुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

३ लाख ४८ हजार डोज कोभ्याक्स काठमाडौं आइपुग्यो

काठमाडौं, २३ फागुन । कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुगेको छ । कोभ्याक्सले दिने भनिएको एक करोड ३० लाख डोज खोपमध्ये आइतबार ३ लाख ४८ हजार डोज कोभिड–१९ विरुद्धको खोप आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ । नेपालको खोप लगाउने जनसंख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी चरणबद्ध रुपमा एक करोड ३० लाख डोज खोप निःशुल्क उपलब्ध गराउने छ ।

कोभ्याक्सले नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । विश्व स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स गाभीले ‘कोभ्याक्स सुविधा’अन्तर्गत २० प्रतिशत नागरिकलाई पुग्ने गरी खोप दिन लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);