अहिलेसम्म २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल भित्रियो | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

अहिलेसम्म २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल भित्रियो

काठमाडौं । भारतसँग खरिद गरिए पनि आउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप शनिबार आइपुगेको छ । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको झण्डै साढे सात महिनापछि खोप शनिबार नेपाल आइपुगेको हो । नेपालले गत ५ फागुनमा सेरमसँग प्रति मात्रा४ डलरका दरले २० लाख डोजखोप खरिद गर्ने सम्झौता गरेको थियो ।

सम्झौता अनुसार १० लाख डोजत्यसै वेला आएपनि १० लाख डोज बल्ल आएको हो । समयमै खोप नआउँदा पहिलो मात्रलगाएका ज्येष्ठ नागरिकसहित झण्डै १३ लाख नेपाली समयमै दोस्रो मात्रा लगाउनबाट वञ्चित भएका थिए ।

यस अघि भारत सरकारले सेरमबाट उत्पादित १० लाख मात्राको भिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो । त्यसलगत्तै भारतीय सेनाले नेपाली सेनालाई उपहार स्वरूप १ लाख डोज कोभिसिल्ड पठाएको थियो ।त्यसपछि कोभ्याक्स सुविधामार्फत आएको ३ लाख ४८ हजार र खरिद गरेको २० लाख मध्ये १० लाख गरी कुल २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल आइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);