अमेरिकाले अनुदान दिएको कोभिडबिरुद्धको फाइजर खोप नेपाल आइपुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अमेरिकाले अनुदान दिएको कोभिडबिरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौं । अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एअरवेजको विमानबाट सोमबार बिहान काठमाडौं आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

फाइजर खोप एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्नेछ ।  अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);