२४ घण्टामा १८ सय १ जना संक्रमित, २४ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

२४ घण्टामा १८ सय १ जना संक्रमित, २४ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २६ परीक्षण हुँदा १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ७ सय ४ पीसीआर परीक्षण मध्ये १ हजार ५ सय ४८ संक्रमण र २ हजार ६ सय २२ एन्टिजेन परीक्षण गर्दा २ सय ५३ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ९ सय २४ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २४ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार ५ सय ३३ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

हाल नेपालमा ३८ हजार ३ सय ५१ सक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);