२४ घण्टामा १९ सय २० जना संक्रमित, २४ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

२४ घण्टामा १९ सय २० जना संक्रमित, २४ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १६ परीक्षण हुँदा १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ४ सय ४३ पीसीआर परीक्षण मध्ये १ हजार ७ सय २ संक्रमण र ३ हजार ७३ एन्टिजेन परीक्षण गर्दा २ सय १८ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २ सय ४८ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९८ हजार १ सय ७३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २४ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार ५ सय ९ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

हाल नेपालमा ३८ हजार ७ सय ५१ सक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);