२४ घण्टामा ३ हजार ४ सय ३ जना संक्रमित, ४२ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

२४ घण्टामा ३ हजार ४ सय ३ जना संक्रमित, ४२ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६ हजार ८ सय ३८ परीक्षण हुँदा ३ हजार ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ८ सय ३९ पीसीआर परीक्षण मध्ये २ हजार ६ सय १३ संक्रमण र ४ हजार ९ सय ९९ एन्टिजेन परीक्षण गर्दा ७ सय ९० मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार १ सय ४ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८९ हजार १ सय ७३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ४२ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार ३ सय ९६ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

हाल नेपालमा ४० हजार ३ सय ३८ सक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);