भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ४ सय १ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएको ५ सय ३० सहित कुल चार लाख ३३ हजार ४९ ले ज्यान गुमाईसकेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार १ सय ५७ संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड १५ लाख २५ हजार ८० पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमित ३ लाख ६४ हजार १ सय २९ रहेको छ ।

भारत सरकारले हालसम्म ५६ करोड ६४ लाख ८८ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरूद्धको खोप लगाईसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);