Our Network

मंसिर २० २०७८, सोमबार

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ६७ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएको ३ सय ५४ सहित कुल चार लाख ३५ हजार १ सय १० ले ज्यान गुमाईसकेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ४ सय ८६ संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड १७ लाख २० हजार १ सय १२ पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमित ३ लाख १९ हजार ५ सय ५१ रहेको छ ।

भारत सरकारले हालसम्म ५८ करोड ८९ लाख ९७ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरूद्धको खोप लगाईसकेको छ ।

Leave a Reply