२४ घण्टामा २५ सय २५ जना संक्रमित, ३५ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

२४ घण्टामा २५ सय २५ जना संक्रमित, ३५ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ हजार ८ सय १० परीक्षण हुँदा २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ९ सय ९ पीसीआर परीक्षण मध्ये २ हजार २० संक्रमण र ४ हजार ९ सय १ एन्टिजेन परीक्षण गर्दा ५ सय ५ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ८६ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख २ हजार १ सय ८३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३५ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार ५ सय ६८ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

हाल नेपालमा ३८ हजार २ सय ५० सक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);