पछिल्लो २४ घण्टामा ३ हजार ४५१ संक्रमित, ३५ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पछिल्लो २४ घण्टामा ३ हजार ४५१ संक्रमित, ३५ को मृत्यु

काठमाडौंनेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ६ सय ११ परीक्षण हुँदा ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ९३ पीसीआर परीक्षणमध्ये २ हजार ५ सय ६६ संक्रमण र ५ हजार ५ सय १८ एन्टिजेन परीक्षण गर्दा ८ सय ८५ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ४ सय ५८ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८५ हजार १ सय ४० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३५ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार ३ सय २७ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

हाल नेपालमा ३९ हजार ३ सय ७१ सक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);