भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा २५ हजार १ सय ६६ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएको ४ सय ३७ सहित कुल चार लाख ३२ हजार ७९ ले ज्यान गुमाईसकेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ८ सय ३० संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड १४ लाख ४८ हजार ७ सय ५४ पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमित ३ लाख ६९ हजार ८ सय ४६ रहेको छ ।

भारत सरकारले हालसम्म ५५ करोड ४७ लाख ३० हजारभन्दा बढी नागरिकलाई कोरोनाविरूद्धको खोप लगाईसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);