अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै त्रासमा रहेका नागरिकहरु अफगानिस्तानबाट बाहिरिन थाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै त्रासमा रहेका नागरिकहरु अफगानिस्तानबाट बाहिरिन थाले

एजेन्सी । अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि तालिबानको शासनबाट बच्न नागरिकहरु अफगानिस्तानबाट बाहिरिन थालेका छन् ।

अफगानिस्तानको अन्तर्राष्ट्रिय विमानस्थल देश छाड्न चाहने नागरिकहरुले भरिभराउ भएको छ । केही मानिसहरुको मृत्यु समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

उड्न लागेको विमानमा झुण्डिँदा खसेर ५ जनाको मृत्यु समेत भएको छ । मानिसहरुको भिड रोक्न अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अमेरिकी सेनाले गोली समेत चलाएको छ ।

विमानस्थलको तस्बिर हेर्दा अमेरिका तथा अन्य देशका नागरिकहरुको उद्धारमा सञ्चालित सैनिक विमानहरुलाई सुरक्षा दिन सशस्त्र अमेरिकी सेनाहरु रनवेमा खटिएका छन् । सोमबार सम्म सामान्य रुपमा चलेको काबुलको विमानस्थलमा अहिले नागरिक उडान बन्द गरिएको छ।

अमेरिकी सैन्य विमान मात्रै अहिले उड्ने र अवतरण गर्ने गरिरहेका छन् । नागरिक उडान कक्ष पूर्ण रुपमा बन्द गरिएको छ। अफगानी नागरिकहरु उड्न लागेको विमानको चक्कामा झुण्डिरहेका छन् ।

उद्धारका विमानहरुलाई चाडो उड्ने र अवतरण गर्ने वातावरण मिलाउन अमेरिकी सैन्य हेलिकोप्टरहरु प्रयोग गरिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);