वीरगञ्जको नारायणी अस्पतालमा अख्तियारको छापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वीरगञ्जको नारायणी अस्पतालमा अख्तियारको छापा

नितेश कर्ण,
र्सा । वीरगञ्जको नारायणी अस्पतालमा अख्तियार कार्यालय हेटौंडाले अस्पतालको फार्मेसीमा तथा लेखा शाखामा छापामारेको छ ।

टोलीले सोमबार नारायणी अस्पतालको लेखा शाखाको विभिन्न कागजात तथा फार्मेसीको खरिदार बिल तथा औषधिहरू चेकजाँच गरेको छ ।

अस्पताल फार्मेसीले औषधि खरिदमा चलखेल गरेको भन्दै अख्तियार कार्यलयले छापामारेको बताइएको छ । अख्तियार कार्यालय हेटौंडाका सूचना अधिकृत बिष्णु सापकोटा सहित ५ जनाको टोलीले कागजात हरु अनुसन्धान गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);