वीरगञ्जमा टिप्परको ठक्करबाट एक युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वीरगञ्जमा टिप्परको ठक्करबाट एक युवकको मृत्यु

वीरगञ्ज, ८ कार्तिक । वीरगञ्जको बाइपास रोडमा टिप्परको ठक्करबाट एक युवकको ज्यान गएको छ ।

वीरगञ्ज १६ नगवाको बाइपास रोडमा ना ३ ख ९४२८ नम्बरको टिप्परको ठक्करबाट स्थानिय ३२ बर्षिय युवक गौरीशंकर मिश्राको ज्यान गएको हो ।

बसपार्कबाट भन्सार तर्फ गइरहेको टिप्परले बाइपास नगवा चौकमा पैदल हिडिरहेका मिश्रालाई ठक्कर दिएको थियो । टाउकोमा गम्भीर चोट लागेका मिश्रालाई तत्काल उद्दार गरि नारायणी अस्पतालमा उपचारको लागि लैजादा चिकित्सकले मृत घोषित गरेको हुन ।

घटना स्थलमा पुगेका ईलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक श्याम किशोर यादव नेतृत्वको प्रहरी टोलीले ठक्कर दिने टिप्पर चालक पुरेन्द्र महतो धानुकलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छन्। मृतक युवकको शव पोस्ट मार्टमको लागि नारायणी अस्पताल कै शव गृहमा राखिएको बताईएको छ ।

तिब्रगतिमा रहेका टिप्परले अनियन्त्रित भई युवकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । युवकलाई ठक्कर दिए लगतै नगवा गाउँबाट बाइपास रोडमा निस्की रहेको अनटेस्ट ट्याक्टरलाई समेत ठक्कर दिई क्षति पुर्याएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);