भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट दुई जनाको मृत्यु

बारा । बारामा भारतीय नम्बर प्लेटको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । कलैया–वीरगञ्ज सडक खण्डको कलैया–५ स्थित विजय आयल स्टोर अगाडि बीआर ०५ एआर ५१५१ नम्बरको स्कार्पियोले गएराति ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

स्कार्पियोको ठक्करबाट मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका–५ का ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

स्कार्पियोको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको नेसनल मेडिकल कलेजमा उपचारका क्रममा गएराति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सुरुमा उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको र त्‍यहाँबाट थप उपचारका नेसनल मेडिकल पठाइएको थियो । । मोटरसाइकललाई ठक्कर दिने भारतीय नम्बर प्लेटको स्कार्पियो चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);