पनौतीमा अनिश्चितकालीन कर्फ्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पनौतीमा अनिश्चितकालीन कर्फ्यु

Kavrepalanchok_district

काभ्रेपलाञ्चोक, ४ चैत । टिपरको ठक्करबाट आमाछोरीको मृत्यु गएपछि तनावग्रस्त बनेको काभ्रेपलान्चोकको पनौतीमा स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू लगाएको छ ।

आज बिहान ९ बजेदेखि लागु हुने गरी कर्फ्यू आदेश जारी भएको काभ्रेका प्रहरी प्रमुख योगेन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो । पनौती नगरपालिका ५ मानेश्वरीमा टिप्परको ठक्करबाट आमाछोरीको ज्यान गएको विरोधमा प्रदर्शनमा उत्रेका स्थानीयबासिन्दा र प्रहरीबीच झडप भएको थियो । सोमबार राति भएको उक्त झडपमा प्रहरी र स्थानीय बासिन्दा गरी ५ जना घाइते भएका छन् ।

सोमबार बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उनकी तीन वर्षीया छोरी स्मारिकाको मृत्यु भएको थियो । घटनापछि स्थानीय बासिन्दाले प्रहरी बिटमा आगो लगाएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास समेत प्रहार गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);