टिपरले ज्यान लियो, पीडितमाथि नै अश्रुग्यास र लाठी प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

टिपरले ज्यान लियो, पीडितमाथि नै अश्रुग्यास र लाठी प्रहार

tipper aatanka

हेटौडा, २२ साउन । हेटौडामा टिपरको ठक्करबाट एक युवाको मृत्यु भएको छ । ना ७ ख ७२२३ नम्बर टिपरले विपरित दिशाबाट आइरहेको बा ४२ प ७०७० नम्बर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २६ वर्षीय टंक न्यौपानेको मृत्यु भएको हो । घटनामा उनकी बहिनी सरिता घाइते भएकी छिन् ।

टिपरको ठक्करबाट युवाको मृत्यु भएपछि स्थानीय तथा आफन्तले कान्ति लोकपथ सडक खण्डमा प्रदर्शन गर्दा पीडितमाथि प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरी सडक खुलाएको छ । हेटौडा, १७ गैरीगाउँमा आइतबार टिपरको ठक्करबाट युवाको ज्यान गएपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेका थिए । पीडित परिवारलाई उचित राहत तथा चालकलाई कारबाही माग गर्दै सडक अवरुद्ध गरे पनि प्रहरीले बल प्रयोग गरी हटाएको हो । घटनामा जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा प्रहरीले सडक खुलाएको हो ।

प्रहरीले घटनामा संलग्न भएको भन्दै तरुण दल हेटौंडा नगर अध्यक्ष सुनिल गिरी, हरिशरण थापा र रणबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । घटनाका दोषीलाई कारबाही र पीडितलाई न्याय प्रदान गर्न र सचेत गराउन पुगेका तरुण दल नगर अध्यक्ष गिरीलार्इ प्रहरीले नियन्त्रणमा लिएको हो । घटनामा तीन प्रहरी र तीन स्थानीय घाइते भएको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);