२४ घण्टामा ३७ सय २९ जना संक्रमित, १८ सय ८५ संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

२४ घण्टामा ३७ सय २९ जना संक्रमित, १८ सय ८५ संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ६ सय ७५ परीक्षण हुँदा ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ४ सय ९३ पीसीआर परीक्षण मध्ये २ हजार ४ सय ३० र ६ हजार १ सय ८२ एन्टिजेन परीक्षण गर्दा १२ सय ९९ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ८ सय ८५ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५ सय ४८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २५ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार १९ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

हाल नेपालमा ३४ हजार ९ सय ४२ सक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);