२४ घण्टामा २४ सय ३३ जना संक्रमित, २६ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

२४ घण्टामा २४ सय ३३ जना संक्रमित, २६ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ हजार ३ सय ७४ परीक्षण हुँदा २ हजार ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ७ सय २ पीसीआर परीक्षण मध्ये २ हजार ५२ संक्रमण र ४ हजार ६ सय ७२ एन्टिजेन परीक्षण गर्दा ३ सय ८१ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ९ सय २९ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५ हजार ८ सय ९३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २६ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार ६ सय ३८ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

हाल नेपालमा ३८ हजार ३ सय ८४ सक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);