२४ घण्टामा ३९ सय १५ जना संक्रमित, २७ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

२४ घण्टामा ३९ सय १५ जना संक्रमित, २७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८ हजार ५ सय ८२ परीक्षण हुँदा ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ७ सय ८ पीसीआर परीक्षण मध्ये २ हजार ७ सय ३६ संक्रमण र ६ हजार ८ हजार ७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार १ सय १८ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७९ हजार ४ सय ९५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २७ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार २ सय ३९ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

हाल नेपालमा ३८ हजार ७ सय ९८ सक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);