कोरोनाका कारण बागमती प्रदेशमा मात्रै ४ हजार ३६९ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोनाका कारण बागमती प्रदेशमा मात्रै ४ हजार ३६९ को मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा हालसम्म चार हजार ३ सय ६९ को मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याकंअनुसार ७ प्रदेशमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै चार हजार ३ सय ६९ को मृत्यु भईसकेको छ ।

बागमती प्रदेशपनि काठमाडौं जिल्लामा मात्रै मृत्यु हुनेको संख्या दुई हजार ४ पुगेको छ भने ललितपुरमा छ सय १८ र भक्तपुरमा तीनसय ९८ को मृत्यु भईसकेको छ ।

बागमती प्रदेशपछि धेरै मृत्यु हुने प्रदेशमा लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनीमा एक हजार ६सय ३८ ले ज्यान गुमाईसकेका छन् । त्यसपछि प्रदेश १ मा एक हजार ४ सय ५३, गण्डकी प्रदेशमा एक हजार १ सय ४५, प्रदेश २ मा सात सय ५१ र सुदूरपश्चिम प्रदेशमा चार सय ५१ को मृत्यु भईसकेको छ ।

मृत्यु हुनेमा सबैभन्दा कम भने कर्णाली प्रदेशका रहेका छन् । स्वास्थ्य मन्त्रायलयले शुक्रबार दिएको जानकारी अनुसार सुदूरपश्चिम प्रदेशमा चार सय ३२ को कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);