नेपालमा थप १ सय ३९ जना कोरोना संक्रमण, ६ सय २६ जना डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नेपालमा थप १ सय ३९ जना कोरोना संक्रमण, ६ सय २६ जना डिस्चार्ज

coronavirus test

काठमाडौं, १२ साउन । सोमबार नेपालमा थप १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेखमा २८ जना, सप्तरीमा २१ जना र पर्सामा २० जनामा कोरोना देखिएको छ । यस्तै धनुषा र महोत्तरीमा १०-१०, बैतडीमा, काठमाडौं, ललितपुर र कास्कीमा ३-३ जना, सल्याानमा २ जनामा संक्रमण देखिएको छ । यस्तै सिराहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एकएक जनामा संक्रमण देखिएको छ ।

सोमबार ६ सय २६ जना डिस्चार्ज भएका छन् । आजसम्म १३ हजार ७ सय ५४ जना संक्रमित निको भएर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा ४ हजार ९ सय ५० जना संक्रमित उपचाररत रहेका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय ९५, प्रदेश नम्बर २ मा १ हजारल ९ सय ११, बागमती प्रदेशमा ४ सय २ र गण्डकी प्रदेशमा २ सय ४४ जना आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ५३, कर्णाली प्रदेशमा ३ सय ७५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ४० जना उपचाररत रहेका छन् ।

क्वारेन्टीनमा अहिले १६ हजार ३ सय ७१ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा १ हजा ८ सय ९९, प्रदेश नम्बर २ मा २ हजार १ सय ८०, बागमती प्रदेशमा १ हजार २ सय ५ र गण्डकी प्रदेशमा ३ हजार ४ सय ३६ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ३ सय ४, कर्णाली प्रदेशमा ८ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४ सय ८४ जना क्वारेन्टिनमा रहेका छन् ।

त्यस्तै नेपालमा कोरोना भाइरस बाट थप ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो ।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);