साउन २५ गतेदेखि काठमाडौंमा एक सय ४४ खोप केन्द्रबाट अस्ट्राजेनेका खोप दिइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साउन २५ गतेदेखि काठमाडौंमा एक सय ४४ खोप केन्द्रबाट अस्ट्राजेनेका खोप दिइने

काठमाडौं । काठमाडौं जिल्लामा साउन २५ गतेदेखि एक सय ४४ खोप केन्द्रबाट कोरोनाविरुद्धको अस्ट्राजेनेका खोप दिइने भएको छ ।

कोरोनाविरुद्धको खोप कोभिशिल्डको पहिलो डोज लगाएर दोश्रो डोज पर्खिरहेकाहरुलाई काठमाडौंमा साउन २५ र २६गते दोश्रो डोजको रुपमा अस्ट्राजेनेका दिन लागिएको हो ।

यसका लागि स्वास्थ्य कार्यालय काठमाडौंले एक सय ४४ खोप केन्द्र तोकेको छ । यसअघि साउन २२ गतेबाट भेरोसेलको दोश्रो डोज लगाइएका खोप केन्द्रहरुबाट नै अस्ट्राजेनेका दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

कार्यालयको सूचना अनुसार सबैभन्दा धेरै १७ वटा खोप केन्द्र काठमाडौं महानगरपालिकामा रहेको छ ।

त्यसैगरी काठमाडौं महानगरपालिका मै थप १५, कीर्तिपुर नगरपालिकामा १०, चन्द्रागिरी नगरपालिकामा १०, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९, बुढानिलकण्ठ नगरपालिकामा १३, टोखा नगरपालिकामा ११, गोकर्णेश्वर नगरपालिकामा ९, शंकरापुर नगरपालिकामा ९ र कागेश्वरी मनोहरा नगरपालिकामा ९ वटा खोप केन्द्रहरु तोकिएका छन् ।

त्यसैगरी महानगरपालिकाको हकमा राधस्वामी आइसोलेसन सेन्टर बालाजु, शसस्त्र प्रहरी बल अस्पताल बलम्बु, बिर अस्पताल महाराजगंज, निजामती कर्मचारी अस्पताल बानेश्वर र परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पताल थापाथलीलाई थप केन्द्रको रुपमा तोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);