चलचित्र कलाकार संघद्वारा कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

चलचित्र कलाकार संघद्वारा कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । आइतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कोभिड १९ विरुद्धको खोप लगाएकाहरुलाई कोरोना संक्रमण भएपनि सामान्य रहने बताईन् । नेपाल चलचित्र कलाकार संघले गरेको सो कार्यक्रमको प्रशंसा गर्दै उपमेयर सत्यालले कोरोना खोप लगाएपछि कोभिड १९ संक्रमित भएकाहरुले आत्तिनुपर्ने अवस्था नरहेको बताईन् ।

कलाकारितामा काम गर्नेहरु धेरै क्षेत्रमा हिंड्नुपर्ने भएकोले यो कार्यक्रमले कलाकारलाई समेटेको उनले बताईन् । कोभिड विरुद्धको खोपका लागि आफू जहाँ गएर पनि टेबुलटक गर्न तयार रहेको उनले बताईन् ।

उपमेयर सत्यालले भनिन् , “खोप लगाएका साथीहरुलाई कोभिड भएपनि नर्मल हुँदोरहेछ, मैले पनि खोप लगाएँ तर कोभिड भएपनि मलाई गाह्रो भएन, खोप लगाएपछि कोभिड भएका साथीहरु त्यत्ति आत्तिनुपर्ने रहेनछ, कलाकारितामा काम गर्ने साथी धेरै क्षेत्रमा हिँड्नुपर्छ, धेरै मानिससँग घुलमिल हुनुपर्छ, कलाकारलाई खोप लगाउने काम गर्नु एकदमै राम्रो, यसका लागि जुन मन्त्रालयमा गएर पनि टेबुलटक गर्न तयार छु ।”

उपमेयर सत्यालले कोभिड विरुद्धको खोप लगाउनको लागि ललितपुर महानगरले गर्नुपर्ने काममा आफू सदैव तत्पर रहेको बताईन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);