काठमाडौं महानगरको चाडपर्व लक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सूरु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौं महानगरको चाडपर्व लक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सूरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सूरु गरेको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम शुक्रबारबाट सुरु गरिएको जानकारी दिए ।

३ दिनसम्म चल्ने यो खोप महानगरपालिका अन्तरगतको ३२ वटा बडाको ३४ स्थानबाट लगाउन पाउने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले विरामी नागरिकहरुलाई भने लाईन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको जानकारी गराएको छ । स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले विरामीहरुका लागि लाईन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको बताए ।

काठमाडौं महानगरपालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने कार्यमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);