६०–६४ वर्ष उमेर समुहकालाई असार २२ गतेबाट भेरोसेलको दोश्रो डोज दिइने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

६०–६४ वर्ष उमेर समुहकालाई असार २२ गतेबाट भेरोसेलको दोश्रो डोज दिइने

काठमाडौं । यही असार २२ गतेबाट कोरोना भाइरस विरुद्धको चिनियाँ खोप भेरोसेलको दोश्रो डोज लगाइने भएको छ ।

भेरोसेलको पहिलो खोप लगाएकाहरुलाई यही असार २२ गतेबाट दोस्रो डोज दिइन लागेको हो ।

गएको जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर भेरोसेलको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोश्रो डोज दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभागले एक सूचना जारी गर्दै असार २२ बाट उक्त उमेर समूहलाई दोश्रो डोज दिने जानकारी गराएको हो । खोप लगाउनका लागि यसअघि खोप लगाउँदाको कार्ड अनिवार्य ल्याउनुपर्ने बताइएको छ ।

विगत खोप अभियानको अनुभव र आवश्यकताको आधारमा खोपकेन्द्र, जनशक्ति परिचालनको व्यवस्थ गरी सकेसम्म छोटा्े अवधिमा अभियान सम्पन्न गर्ने व्यवस्था गर्न विभागले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन समेत दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);