ललितपुरमा जेठ ६ बाट भेरोसेलको दोश्रो डोजको खोप अभियान | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

ललितपुरमा जेठ ६ बाट भेरोसेलको दोश्रो डोजको खोप अभियान

काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भरोसेल ललितपुरमा आगामी जेठ ६ बाट लगाइने भएको छ । जिल्ला खोप समन्वय तथा अनुगमन समितिको शुक्रबार बसेको बैठकले दोश्रो चरणको कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान जेठ ६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

ललितपुर जिल्लामा पनि हाललाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा भेरोसेलको दोश्रो डोजको खोप अभियान सञ्चालन गर्न लागिएको हो । जिल्ला खोप समन्वय तथा अुनगन समितिले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

सूचना अनुसार चैत्र २५ गतेदेखि २८ गतेसम्म भेरोसेलको पहिलो खोप लिनेले जेठ ६गते दोश्रो डोज लगाउन पाउनेछन् । त्यसैगरी चैत २९ देखि ३१ सम्म पहिलो डोज लिएकाले जेठ ७ गते, बैशाख १ देखि ४ मा लिएकाले ९ गते दोश्रो डोज लिन पाउनेछन् ।

त्यस्तै बैशाख ५ देखि ९ गतेसम्म पहिलो डोज लिएकाले जेठ १० गते, बैशाख १० देखि १३ सम्मकाले जेठ ११ गते दोश्रो डोज लिन पाउनेछन् । त्यसैगरी बैशाख १४ र १५ गते पहिलो डोज लिएकाले क्रमश जेठ १२ र १३ गते दोश्रो डोज लगाउन पाउनेछन् ।

समितिले आफूलाई पायक पर्ने पालिका-वडाको केन्द्रमा पहिलो डोज लगाएको खोप कार्ड र फोटो सहितको आफ्नो परिचय खुल्ने कागजातका साथ खोप लगाउन अनुरोध गरेको छ ।

काठमाडौंमा भने जेठ २ बाट भेरोसेलको दोश्रो डोजको खोप अभियान सञ्चालन हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);