पछिल्लो २४ घण्टामा १७ सय ८६ संक्रमणमुक्त, २० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

पछिल्लो २४ घण्टामा १७ सय ८६ संक्रमणमुक्त, २० को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६४ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १२ हजार २ सय २२ परीक्षणमध्ये १ हजार ६ सय ६४ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार १ सय १७ पीसीआर परीक्षणमा १ हजार ५ सय २३ र ३ हजार १ सय ५ एन्टिजेन परीक्षणमध्ये १ सय ४१ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ७ सय ५० ले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने १ हजार ७ सय ४६ रहेको छ । नेपालमा संक्रमण निको हुनेको दर ९३.९ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार हालसम्म ७ लाख १६ हजार ३ सय ६ संक्रमणमुक्त भईसकेका छन् ।

हाल नेपालमा ३५ हजार ५ सय ९१ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);